१२ माघ २०७८, बुधबार
  • दिलिप सहनी,

जनकपुर । राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहँदा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । ‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले लाठीसहित बुधबार विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि महेन्द्रनारायण निधि प्रतिष्ठानमा रहेको मतदानस्थल जान खोज्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि झडप भएको हो । सो क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

उक्त झडपमा जनमतका केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । राष्ट्रियसभा निर्वाचनको सम्भावित अवरोधलाई ध्यान दिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV