११ माघ २०७८, मंगलवार

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेललाई पुनः कोरोना स्रंक्रमण पुष्टि भएको छ । कलाकार गजुरेल आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा कलाकार गजुरेलले लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाँहि होइन, तर थला चाँहि राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’

त्यसोत, गत कात्तिकमा पनि कलाकार गजुरेल संक्तमित भएका थिए । कोरोना संक्रमण भएपछि उनको ११ दिनसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV