११ माघ २०७८, मंगलवार

एजेन्सी । जर्मनीको एक विश्वविद्यालयमा गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ ।

जर्मनीको हेइडवर्ग युनिभर्सिटीमा प्रवेश गरेका सोही विश्वविद्यालयका एक विद्यार्थीले एक जनाको हत्या गरी आफैंलाई पनि गोली प्रहार गरेका थिए । घटनामा ३ जना घाइते भएका छन् ।

२ वटा बन्दुक बोकेका ती व्यक्ति विश्विद्यालयमा कक्ष सञ्चालन भइरहेको अवस्थामा कोठामा प्रवेश गरेर विद्यार्थीमाथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गोली प्रहार गर्ने व्यक्ति १८ वर्षिय युवक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV