७ माघ २०७८, शुक्रबार

बैतडी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ५६५ मा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २५० को नमूना परीक्षण गर्दा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १९४ र एन्टीजेनमार्फत ३७१ मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६४, महाकाली अस्पतालमा १९, जिल्ला अस्पताल बैतडीमा ११ र एन्टीजेनमार्फत कञ्चनपुरका १६७, कैलालीका ८७, बाजुरामा ३१, दार्चुलाका १०, बझाङ्गका १०, बैतडीका नौ, डोटीका २८, डडेल्धुराका २३ र अछामका छमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा ५३४ मा सङ्क्रमण पुष्टि हुँदा १२ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म छ ११६ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV