७ माघ २०७८, शुक्रबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले आज अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो ।

सिभिलमा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनी लापरवाही गरेर पत्रकार विश्वकर्माको मृत्यु भएको परिवारले दोष लगाएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको थियो । छब्बीस वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय रहेका थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए । भेटका क्रममा अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV