७ माघ २०७८, शुक्रबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा बिद्याथी संगठनसँगको छलफलका क्रममा गृहमन्त्री खाँणले मुलुकमा कानून नियम रहेको भन्दै कानून बाहिर गरेर क्रियाकलाप गरेको पाइने कारवाही गर्ने बताएका हुन् । उनले बढी शुल्क लिने शिक्षण संस्थामाथि सरकारले अनुसन्धान सुरु गर्ने बताए ।

अनुसन्धानका साथै कारवाही प्रक्रियालाई पनि अघि बढाउने उनको भनाइ छ । उनले मेडिकल कलेजमा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरकारले प्रयत्न भएको तर विधि बिधान बाहिर जाने कलेजलाई कानूनी कारवाहीको दायरामा ल्याएरै कारवाही हुने जिकिर गरे ।

त्यस्तै शिक्षा मन्त्री पौडेलले गत पुस ३० गते शिक्षा मन्त्रालयसँगको छलफलका क्रममा भएका सहमति कार्यान्वयन गर्न मेडिकल कजेलले अटेर गरेको देखिएकाले कारवाही हुने स्पष्ट पारे । ऐनले तोकिएभन्दा बढी शूल्क नलिने सहमति गर्ने तर, कार्यान्वयन नगर्ने कलेजले सरकारलाई नटेरेको उनको भनाइ छ ।

यसअघि राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरुले मन्त्रीद्वयसँग पुन छलफल गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV