७ माघ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका निर्वाचनका लागि सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार पहिलो पटक देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।’

त्यस्तै सम्बोधनका क्रममा उनले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले विपदमा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV