७ माघ २०७८, शुक्रबार

एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओसँग ३-२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको हो ।

बिल्वाओको जितमा इकर मुनिएनले दुई गोल गरे भने इनिगो मार्टिनेजले एक गोल थपे । बार्सिलोनाको लागि फेरान टोरेस र पेड्रीले गोल गरेपनि हार टार्न सकेन ।

खेलको दोस्रो मिनेटमै मुनिएनले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । खेलेको २०औं मिनेटमा टोरेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

निर्धारित समयको अन्त्यतिर बिल्वाओले फेरि अग्रता लियो । खेलको ८६औं मिनेटमा मार्टिनेजले गोल गर्दै बिल्वाओलाई २-१ को अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेट अर्थात् ९३औँ मिनेटमा पेड्रीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेल अतिरिक्त सयममा थकेलिएको थियो । १०५औं मिनेटमा मुनिएनले गोल गर्दै बिल्वाओलाई क्वटारफाइनलमा प्रेवेश गराए । गए सिजनमा बिल्वाओ बार्सिलोनासँगै फाइनलमा पराजि हुँदै उपाधि चुम्नबाट वञ्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV