६ माघ २०७८, बिहीबार

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नको लागि बोलाइएको सत्तारूढ पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार शीर्ष नेताहरू कोरोनाको कन्ट्रयाक ट्रेसिङमा परेको र त्यसका लागि आवश्यक तयारी नपुगेको कारण बैठक स्थगित गरिएको हो ।

गत मंगलबार बसेको सत्तारूढ दलहरूको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे आज थप छलफल गर्न बैठक बोलाइएको थियो । यता निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समिति स्थानीय तहभन्दा अघि आमनिर्वाचन गर्ने गरी छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV