५ माघ २०७८, बुधबार

एजेन्सी । युभेन्टस कोपा इटालियाको क्वाटफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साम्पडोरियामाथि ४-१ को सानदार जित निकाल्दै युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि जुआन कोर्डाडो, ड्यानिइल रुगानी, पाउलो डिबाला र अल्भारो मोराटाले समान एक–एक गोल गरे । साम्पडोरियाका एन्ड्रिया कोन्टीले एक गोल फर्काए ।

खेलेको २५औं मिनेटमा कोर्डाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा रुगानी गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

६३औं मिनेटमा कोन्टीले गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए । तर त्यसको पाँच मिनेट नबित्दै डिबालाले गोल गर्दै युभेन्टसलाई ३-१ को अग्रता दिलाए । ७७औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई ४-१ को सानदार जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV