५ माघ २०७८, बुधबार

काठमाडौं । कोभिड–१९ तथा यसका नयाँ भेरियन्टको रोकथामका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै सार्वजनिक यातायातका लागि नौबुँदे निर्देशन दिएको छ । मन्त्रिपरिषद्द्वारा जारी आदेशको प्रभावकारी कार्यान्वयन भने नभएको पाइएको छ ।

सरकारको ३६ बुँदे आदेशको १२औंं नम्बरमा सार्वजनिक यातायात क्षेत्रले कोभिड नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने आदेशहरू उल्लेख गरिएको छ ।

आदेशको पहिलो नम्बरमा नै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था छ । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने र सवारीसाधनको ढोकामा सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन भइरहेको पाइएको छ । यात्रुहरूले आफ्नो सुरक्षाका लागि मास्क अनिवार्यजस्तै लगाएको पाइए पनि सवारीसाधनको ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरसमेत नराखिएको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV