४ माघ २०७८, मंगलवार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ । पाण्डे फेलो आर्डर्ट अकाउन्टेन्ट (एफसीए) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV