३ माघ २०७८, सोमबार

भोजपुर । यसवर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन रु २६ हजारमा बिक्री भएको अलैँची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा घरबाट नै बिक्री भएको टेम्केमैयुङ गाउँपालिका– ५ का किसान शिवकुमार विष्टले जानकारी दिनुभयो ।

अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यसवर्ष गिरावट आएको विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘यसवर्ष अलैँचीको मूल्य राम्रो छ । गाउँघरबाट प्रतिमन रु ४० हजार २०० का दरले बिक्री गरियो । तर यसवर्ष उत्पादन भने त्यती राम्रो भएन ।’’

वर्सेनी भएको मूल्य गिरावट, गतवर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको उहाँको भनाइ छ । ‘‘ गतवर्ष जस्तो उत्पादन भएन । वर्सेनी मूल्य कमी हँुदै जाँदा विस्तारमा पनि धेरै साथीले कमी गरेका छन् । गत वर्षको सुख्खा खडेरीले पनि क्षति पु¥यायो”, विष्टले भन्नुभयो । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची किसानले विगत वर्षको तुलनामा झण्डै दोब्बर बराबरको मूल्य पाएको बताएका छन् ।

ठेकेदारले घरबाट नै प्रति केजी एक हजारमा अलैँची लैजाने गरेको किसान जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘अलैँचीबाट सात÷आठवर्ष अघिसम्म राम्रो आम्दानी पाएपछि हौसिएर धानखेतमा अलैँची लगाएको थिए । गत वर्षसम्म मूल्य घटिरहँदा निकै निराश बनेका थिए । यस वर्षको मूल्यबाट भने केही राहत मिलेको छ ।’’

राईले तीन वटा बगान गरी करिब १५० रोपनी क्षेत्रफल जतिमा अलैँची लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ विगतका वर्षदेखि नै विभिन्न सरकारी कार्यालयबाट हामीले सहयोग पाउदै आएका छौँ । जसबाट केही न केही रुपमा खेती विस्तार गर्नै प¥यो । तर मूल्यमा गिरावट आउदा समस्या थपिँदै गएको थियो । यस वर्ष भने केही सहज भएको छ ।’’

किसानको हकहितको लागि काम गरिरहेको जिल्ला अलैँची व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष नवीन प्रधानले बताउनुभयो । उहाँले खेतीको विस्तार तथा किसानलाई विभिन्न समयमा आउने समस्याको विषयमा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV