३ माघ २०७८, सोमबार

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफर्डलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै लिभरपुलले चेल्सीलाई २ अंकले पछि पारेको छ । यद्यपी चेल्सी लिभरपुलभन्दा एक खेल कम खेलेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीसँग भने लिभरपुलभन्दा ११ अंक माथि रहेको छ ।

एनफिलडमा भएको खेलमा लिभरपुललाई जित दिलाउनको लागि फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले समान एक–एक गोल गरे ।

खेलको ४४औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनले अर्नोल्डको पासमा गोल गरेको थिए ।

६९औं मिनेटमा अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले एन्ड्रिउ रोबर्टसनको पास गोल गरेका थिए । ७७औं मिनेटमा रोबर्ट फिर्मिनोको पासमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितपछि लिभरपुलको ४५ अंक छ । चेल्सीको ४३ तथा शीर्षस्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औंं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV