२ माघ २०७८, आईतवार

चेन्नाई (तमिलनाडु) । कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ ।

राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ ।

तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिनेगरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन् ।”

तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोभिड–१९को सक्रिय सङ्क्रमण रहेको बताइएको छ । राज्यमा कोभिड सङ्क्रमित ३६ हजार ९६७ जनाको मृत्यु भएको छ । राज्यमा कूल सङ्क्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV