२ माघ २०७८, आईतवार
  • निमेन्द्र शाही,

बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो ।

उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि होम आइसोलेसनमा रहेका बुढाको आइतबार (आज) मृत्यु भएको सूचना अधिकारी न्यौपानेले बताए ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अन्तिम दाहसंस्कार गरेका छन् । मृतक बुढासँग आएका आफन्त होम आइसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ ।

हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । बडिमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV