२ माघ २०७८, आईतवार

काठमाडौं । च्यासल युथ क्लबका १९ जना खेलाडीलाई कोरोना पुष्टि भएपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (आइतबार) तय भएको नेपाल पुलिस क्लबसँगको खेल स्थगित भएको छ ।

च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना पुष्टि भएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रस्ताव गरेको थियो ।

च्यासलको उक्त प्रस्तावपछि एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो । एन्फाका अनुसार अब उक्त खेलको नयाँ मिति तोकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV