२ माघ २०७८, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा जोओ क्यान्सेलोको पासमा गोल गरेका थिए ।

यो जितसँगै सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता लिएको छ । २२ खेलबाट ५६ अंक जोड्दै सिटी शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी समान खेलबाट ४३ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ ।

सिटीले पछिल्लो तीन खेलपछि चेल्सीलाई पराजित गरेको हो । ३ जनवरी २०२१ मा ३–१ को जित निकालेयता सिटीले सबै तीन खेलमा हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV