१ माघ २०७८, शनिबार

काठमाडौं । समाचार, सूचना र मनोरञ्जनको त्रिवेणी बन्दै आएको नेपाली टेलिभिजन ‘ईमेज च्यानल’ प्रसारणमा आएको २५ वर्ष पुगेको छ । २०५३ साल माघ १ बाट नेपाल टेलिभिजनको पर्दाबाट यात्रा शुरु गरेको इमेज च्यानलले शनिवार (आज) रजत जयन्ती मनाउँदैछ ।

मानवीय रुचिका विविध कार्यक्रमहरु प्रसारण गर्दै आएको इमेज च्यानलले वि.सं.२०६३ माघ ११ देखि स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोडेको थियो । हाल यो च्यानल एचडी प्रविधिमा प्रसारण हुँदै आएको छ ।

रजत जयन्तीको अवसरमा इमेज च्यानलले नेपाली दर्शकको चाहना अनुरुप विभिन्न नयाँ कार्यक्रम लिएर फेरि आउने प्रण गरेको छ । त्यस्तै इमेज च्यानलले २०५५ पुस २३ गतेदेखि केएटीएचको नामबाट एफएम प्रसारण सुरु गरेको इमेज एफएम ९७.९ २४ सै घण्टा प्रसारणमा छ ।

यस्तै २०६५ भदौ २९ गतेदेखि इमेज न्यूज एफएम १०३.६ समेत प्रसारण गर्दै आएको छ । प्रसारणको २५ वर्ष पूरा भएको अवसरमा इमेज च्यानलले पत्रकारिताको धर्म र आफ्नो विशिष्ट पहिचान अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV