३० पुष २०७८, शुक्रबार

विराटनगर । प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई\दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक\एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई\दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक\एक रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई\दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक\एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक\एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक\एक र प्रदेश बाहिरका १८ जना सङ्क्रमण भएका छन् ।

प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV