३० पुष २०७८, शुक्रबार
  • विनय तिम्सीना,

इलाम । इलाममा जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि रेड हर्स फुटबल क्लब इलामले चुमेको छ । आज भएको फाइनल खेलमा रेड हर्स फुटबल क्लबले फिक्कल पान्दामको मिलियन फ्रेन्स क्लब (एमएफसी)लाई ४–० ले हराउँदै उपाधि चुमेको हो ।

खेलमा एमएफसी निकै आक्रमक देखिएको भएपनि गोल निकाल्न भने सकेन । रेड हर्सले खेलको चौथो मिनेटमा डी–बक्स नजिकै पाएको फ्रिकिकको सदुपयोग गर्दै अग्रता बनाएको थियो । खेलको ३८ औँ मिनेटमा एमएफसीका गोल रक्षकले डी–बक्स बाहिर वान भर्सेज वानमा ह्याण्डबल गरेपछि रोतो कार्ड खादै बाहिरिएसँगै पेनल्टीमार्फत् गोल गर्दै रेड हर्सले अग्रता देब्बर बनाएको थियो ।

१० जना खेलाडीमा सीमित भएको एमएफसीलाई रेड हर्सले दोस्रो हाफमा थप दुई गोल गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । लिगमा इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको थियो ।

लिगमा ‘ए’ पोलमा ६ टीम र ‘वी’ पोलमा ७ टीमको सहभागिता रहेको थियो । लिगको विजेताले प्रदेश लिग खेल्नेछ भने लिगको अन्तिम दुई स्थानमा रहेका टीमहरु रेलिगेशन भएर ‘बी’ डिभिजनमा झर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV