३० पुष २०७८, शुक्रबार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।

विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।

कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको जिम्मा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लिइसकेका छन् ।

लामो समयदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शूल्क मागेको भन्दै आन्दोलनरत छन्, भने उनीहरुको आन्दोलनमा विभिन्न ७ विद्यार्थी संगठनले ऐक्वबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV