३० पुष २०७८, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले माघको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन् ।

निर्वाचन कानून अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयुक्त थपलियाले माघ पहिलो साताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताए ।

त्यस्तै आयोगले निर्वाचन कानून अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनेर दलहरुलाई जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV