३० पुष २०७८, शुक्रबार

काठमाडौं । नेपालबाट राम्रो काम, आकर्षक तलब भनेर नेपाली युवालाई विभिन्न देश पु¥याइन्छ । तीमध्ये केही कामदारले राम्रो काम र आकर्षक तलब त परको कुरा, खाने र बस्ने सुविधा समेत पाउँदैनन् । फ्रि भिसा, फ्रि टिकटको झुठो नारा पनि बेकार नै हो ।

कुनै पनि नेपाली कामदार मोटो रकम म्यानपावरलाई नबुझाई विदेश उड्न पाउँदैनन् । मागेजति रकम लिएर पनि नेपाली युवा बिचल्ली पार्ने अरु कोही नभएर नेपाली नै हुन्छन् । विदेशमा अलपत्र परेका, बिचल्लीमा परेका र अनेकन दुःख कष्ट ब्यहोरेर नेपाल फर्किनेहरु धेरै छन् । तीमध्ये केहीको स्वदेश फिर्तीमा कार्यक्रम सीधा कुरा जनतासँग कार्यक्रमले पनि जस पाएको छ । यसपटक तीन नेपाली युवा सकुसल नेपाल फर्केका छन् ।

साउदीबाट कञ्चनपुर बेलौरीका बिक्रम शाही र लालझडीका दिर्घराज जोशीको समेत उद्धार भएको छ । आफूलाई उद्धार गरिदीन उनीहरुसहित धेरै यूवाहरुले उद्धाराका लागि पहल गरिदिन कार्यक्रम सिधा कुरा जनतासँगमा आग्रह गरेका थिए ।

युवाको यो गुनासो सुनेपछि हाम्रो टिम उनीहरुलाई साउदी पु¥याउने बसुन्धारास्थित लिंक इन्टरनेस्नल म्यानपावर कम्पनीको कार्यालयमै पुग्यौँ । म्यानपावर कम्पनीले अलपत्र युवाहरुको उद्धार गर्ने प्रतिबद्धता जनाएको थियो ।

गत पुष ८ गते सुपरमार्केटमा काम गर्न भन्दै उनीहरु साउदी पुगेका थिए । बसुन्धारास्थित लिंक इन्टरनेस्नल म्यानपावरबाट साउदी पुगेका उनीहरु कम्पनीले भनेअनुसारका काम र तलब नदिएपछि नेपाल फर्किएका हुन् । बिहीबार स्वदेश फर्किएका उनीहरुले हाम्रो कार्यलयमै आएर आफूले साउदीमा भोगेको दुख सुनाए । अब यी दुबै जनाले म्यानपावर कम्पनीले क्षतिपूर्ती दिनुपर्ने माग गरेका छन् ।

साउदीमै अलपत्र विष्णुको पनि सफल उद्धार

गत बैशाख २ गते साउदी गएका कास्की लुम्लेका विष्णु बहादुर विकको पनि उद्धार भएको छ । रेष्टुरेन्टमा हेल्परको रुपमा काम गर्न उनी साउदीको अलफास पुगेका थिए । तर, साउदी गएको ५ महिना पछि उनी बिरामी परे । कार्यक्रम सिधा कुरा जनतासँगको ७ सय ९१ औँ श्रृंखलामा उनले आफू विरामी परेको र नेपाल आउन हरसम्भव प्रयास गरे पनि नसकेको भन्दै आफ्नो पीडा सुनाएका थिए ।

साउदी पुगेको ५ महिनामा नै विरामी परेका उनले ५ महिनासम्म आफूलाई पठाउने म्यानपावर, काम गर्ने कम्पनी र साउदीस्थित दूतावास पनि धाए तर, उनको समस्या कतैबाट सुनुवाई भएन ।
यसरी हाम्रो लाईभ कार्यक्रममा गुनासो राखेपछि उनलाई साउदी पु¥याउँने बसुन्धारास्थित वाईज म्यानवारसँग सम्पर्क ग¥यौँ ।

हामीसँगको कुराकानीमा विष्णको उद्धार गर्न म्यानपावरका कर्मचारी प्रतिबद्धता भएका थिए । त्यसको ८ दिनपछि बुधबार उनी स्वदेश आईपुगे । र बुधबार नै आफ्नो जन्मथलो पोखरातिर लागे । नेपाल आउन पाउँदा निकै खुशी लागेको भन्दै उनले न्युज २४ टेलिभिजनलाई धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV