२९ पुष २०७८, बिहीबार

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरे, बुढीगङ्गा र कटहरीमा दुई/दुई, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनवर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा एक÷एक, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा तीन, दुहवी र देवानगञ्जमा दुई/दुई जनामा कोरोना देखिएको छ ।

त्यस्तै, झापाको विर्तामोडमा नौ, भद्रपुरमा सात, दमक र मेचीनगरमा चार/चार, अर्जुनधारा र शिवसताक्षीमा दुई/दुई, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी र कनकाईमा एक/एक, उदयपुरको त्रियुगा र कटारीमा एक/एक, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा एक/एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो ।

प्रदेशमा आज चार महिलासहित आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV