२९ पुष २०७८, बिहीबार

बैतडी । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए ।

सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV