२९ पुष २०७८, बिहीबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको म्यान्डेडअनुसार सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् ।

विहीबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले पहिलो चरणमा पुरानै नेतृत्वले सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार सभापतिमा देउवालाई सहयोग गरेको बताएका हुन् ।

त्यस्तै उनले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा देउवालाई सघाएको बताउँदै भनेका छन्, ‘म सुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ । त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर, पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

नेता सिंहले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई समर्थन गदर्न आफूविरुद्ध अर्को पक्ष उत्रिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV