२९ पुष २०७८, बिहीबार
  • वाशु श्रेष्ठ,

धादिङ । धादिङ्गको रुविभ्याली गाउँपालिका–१ भुषाबारी खोलामा स्काभेटर भासिँदा ३ जना बेपत्ता भएका छन् । स्थानीय जस थापाका अनुसार निर्माणाधीन पुरोलिम्जो रुविभ्याली जोड्ने सडक खन्ने क्रममा स्काभेटर भासिँदा ३ जना बेपत्ता भएका हुन् ।

विहीबार बिहान करिब ८ बजेको समयमा सडक खन्ने क्रममा स्काभेटर भासिँदा काभ्रे घर भएका २७ वर्षीय चालक आकाश तामाङ्ग र १९ वर्षीय राजु तामाङ्ग बेपत्ता भएका हुन् । त्यस्तै सोही दुर्घटनामा स्थानीय रुविभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ्ग पनि वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राकेश सिंहले बताए ।

बेपत्ताको खोजी गर्नका लागि नेपाल प्रहरी र ससस्त्र प्रहरी घटना स्थाल पुगेको भएतापनि उद्धारमा ढिलाई भएको स्थानीय जस थापाले बताएका छन् । उद्धारको लागि नेपाली सेनाको आवश्यक भएतापनि स्थानीय सरकार र सम्बन्धित निकाय समेतले चासो नदिएको उनको गुनासो छ ।

उत्तरी धादिङ्गको रुविभ्याली सेर्तुङ्ग तिप्लिङ्ग अति विकट क्षेत्र भएको कारण उक्त सडक रसुवा हुदै धादिङ्ग सदरमुकाम जोड्ने योजना बनाइएको छ । तर ठूला–ठूला ढुङ्गाको पहारा भएको कारण सडक निर्माणमा कठिनाई भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV