२९ पुष २०७८, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेश खारेजी गरि पाउँ भनि दिएको निवेदन फेरि संयुक्त इजलासमा पुगेको छ ।

माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधीहरु अन्य दलमा समावेश भएपछि पार्टीले कारवाही गरेको थियो ।

पार्टीको कारवाहीका आधारमा निर्वाचन आयोगले पनि कारवाही सदर गर्दै जनप्रतिनिधिहरुको जिम्मेवारी खोखेको थियो । तर सर्वोच्च अदालतमा जनप्रतिनिधिहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी भएकाे थियाे।

त्यसपछि पुन: माओवादी अध्यक्ष प्रचण्डले पार्टीले गरेको कारवाही सदर गरि पाउन भनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदन फेरि संयुक्त इजलासमा आएको छ ।

यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासले ‘पूर्ण इजलास’मा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV