२९ पुष २०७८, बिहीबार

काठमाडौं । राजस्व (कर) छलीको आशंकामा राजस्व अनुसन्धान विभागले दुई वटा व्यावसायिक फर्मलाई सात दिनभित्र हाजिर हुन भनेको छ ।

कर छलीको आशंकामा विभागले काठमाडौं महानगरपालिकाको एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सलाई एक साताभित्र हाजिर हुन भनेको हो । एचबी ट्रेड एण्ड सप्लायर्स सञ्चालक विमल अग्रवाल हुन्, भने गणपति ट्रेड लिंक्सका सञ्चालक दीपेन्द्र कुमार अग्रवाल हुन् ।

कर (राजश्व) छलीको आशंकामा एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सविरुद्ध विभागले अनुसान्धान अघि बढाइसकेको बताइएको छ ।

दुवै फर्मका सञ्चालकहरु हालसम्म पनि विभागको सम्पर्कमा नआएको र सो अवधिमा पनि सम्पर्कमा नआए राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ बमोजिम मुद्दा अघि बढाइने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV