२९ पुष २०७८, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशन विहीबार पनि विरोध प्रदर्शन गरेको छ । बारको अगुवाईमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना दिइएको हो ।

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा विचौलियाको संरक्षण भइरहेको र भ्रष्टाचार मौलाएको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । उनले कोरोनाका बीच पनि सामाजिक दूरी कायम गरेर भएपनि बिरोधलाई जारी राखिने जानकारी दिए ।

न्यायापालिकाको सुधारका लागि प्रधानन्यायाधीश नै बाधक भएको भन्दै उनले न्यायालयलाई निकास दिनका लागि प्रधानन्यायधिशको बहिर्गमन अनिवार्य रहेको धारणा राखे ।
प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV