२८ पुष २०७८, बुधबार

काठमाडौं । काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ ।

पुरात्वात्विक हिसाबले महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेपछि काठमाडौं महानगरपालीकाले बुधबार भत्काएको हो ।

यसअघि गुठी संस्थानको केही व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना बनाउन दिएको भन्दै काठमाडौं वडा नंवर १६ का स्थानीयले विरोध जनाएका थिए । गुरु नानक सत्सङ समितिका उपाध्यक्ष रवि सिंहले सो क्षेत्रमा अनाधिकृत रुपमा टहरा बनाएपछि स्थानीयले बिरोध गरेको र सो पश्चात महानगरले भत्काएको जानकारी दिए ।

करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान यसअघि पनि अतिक्रमण हुदै आएको स्थानीयहरुले जनाएका छन् । यता टहर निर्माण गर्नेहरुले भने आफूले नियम र प्रक्रिया अन्तर्गत नै बनाइएका टहरा भत्काइएको भन्दै बिरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV