२८ पुष २०७८, बुधबार

एजेन्सी । आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् । उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् ।

“उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने ।

विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ । हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV