२८ पुष २०७८, बुधबार

काठमाडौं । बतास अर्गनाइजेशनले समाचार माध्यमहरुप्रति गुनासो पोखेको छ । आज एक बिज्ञप्ति निकाल्दै बतासले समाजमा सत्य तथ्य समाचार पस्केर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा भ्रामक समाचाररु प्रकाशन र प्रशारण गरेको भन्दै गुनासो गरेको हो ।

बतासले निकालेको बिज्ञप्तिमा एक हप्ता अघिबाट विभिन्न समाचार माध्यमहरु विद्युतिय, छापा, अनलाईन र टेलिभिजनहरुले आफ्ना बारेमा प्रकाशन र प्रशारण गरिरहेको साचारहरु एकतफी भएको बताएको छ ।

‘हाम्राबारे जे जस्ता एकांगी, मनोगत, भ्रामक, कपोकल्पित समाचारहरु प्रकाशित भएका छन् । ती विषयमा हालसम्म अर्गनाइजेशनका कुनैपनि जिम्मेवार व्यक्तिलाई आधिकारिक रुपमा गरेर सत्य तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरुले नगरेको हुनाले बिज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो,’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV