२७ पुष २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । क्रिञ्जल फाउण्डेशनले झापाको मेचीनगरमा रहेको एक सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । फाउण्डेशनले मेचीनगर–१० मा रहेको धुलाबारी माविमा अध्यायनरत ३९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।

फाउण्डेशनले विद्यालय परिसरमा एक कार्यक्रमका बीच आज विद्यालयका कक्षा १ देखि कक्षा ११ सम्म अध्यायनरत विद्यार्थीहरु मधयेबाट छनौट भएका विपन्न परिवारका ३९ जना विद्याथीलाई छात्रबृत्ति वापतको रकम ३ लाख १६ हजार ५०० रुपैंया विद्यालयलाई हस्तान्तरण गरेको क्रिञ्जल फाउण्डेशनका फोकल पर्सन हरि दाहालले जानकारी दिए ।

कार्यक्रम संयोजक आशिष लामिछानेले उक्त रकम धुलाबारी माविको खातामा जम्मा गरेको बैंक भौचर बिद्यालयका प्रधानअध्यपक महेन्द्र विलास लुइटेल र ब्यवस्थापन समिति अध्यक्ष गणेश बिक्रम नेम्वाङ्गलाई हस्तान्तरण गरे ।

कक्षा १ देखि ५ सम्मका लागि ५ हजार ८००, कक्षा ६ देखि ९ सम्मका लागि ८ हजार ४५० र कक्षा १० देखि ११ सम्मका बिद्यार्थीलाई ११ हजार ६०० रुपैंया बार्षिक रुपमा फाउण्डेशनले उपलब्ध गराउने फोकल पर्सन दाहालले जनाए ।

उनका अुनसार पहिलो बर्ष जुन बिद्यार्थीले छात्रबृत्ति पाएको छ अर्को बर्षसमेत त्यही बिद्यार्थीले पाउने गरी छात्रबृत्तिलाई निरन्तरता दिइनेछ । आर्थिक अभावकै कारण बिद्यालयमा आउन बञ्जीत हुने अवस्था नआओस भन्नका लागि फाउण्डेशनले गरीब परिवारका विद्यार्थीहरुका लागि ‘शिक्षा दिक्षा’ कार्यक्रम अन्तर्गत छात्रबृत्ति कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक लामिछानेले बताए ।

धुलाबारी माविका प्रधानअध्यापक महेन्द्र विलाश लुईटेलको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर १० का वडाअध्यक्ष सुवेशकुमार पनेरु, फाउण्डेशनका फोकल पर्सन दाहाल, कार्यक्रम संयोजक लामिछाने लगायतले बोलेका थिए ।

धुलाबारी माविका सहायक प्रधानअध्यापक तेजप्रसाद चौंलागाईले सञ्चालन गरेको कार्यक्रममा छात्रबृत्ति पाउने बिद्यार्थी, अभिभावक र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV