२७ पुष २०७८, मंगलवार

काठमाडौं । बलिउडका सुपरस्टार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सुजैन खान आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोनाको ओमिक्रोन संक्रमण भएको जानकारी गराएकी हुन् ।

सोसल मिडिया इन्स्टाग्राममा उनले भनेकी छन्, ‘कोरोना भाइरसलाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो । सोमबार राति मेरो टेस्ट पोजेटिभ आयो । कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । यो धेरै संक्रामक छ ।’

उक्त पोष्टमा सुजैन खानकी साथी र फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV