२७ पुष २०७८, मंगलवार

काठमाडौं । राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रा.लि.ले कर छली गरेको विषयलाई गम्भीर रूपमा लिदै छानबिन सुरु गरेको छ । प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्सले कर (राजश्व) छली गरेको ’bout’ प्रारम्भिक चरणमा आवश्यक विवरण संकलन कार्य थालिएको विभागले जनाएको छ ।

त्यसोत, केही दिन अगाडि मात्रै न्यूज २४ नेपाल डट टीभीले प्लाइउड व्यापार गर्दै आएको भगवती लेमिनेट्सले एकपछि अर्को राजस्व छली गरेको समाचार सम्प्रेशन गरेको थियो । भगवती लेमिनेट्सले राजस्व छली गरेको स–प्रमाण प्रकाशित सोही समाचारका आधारमा प्रारम्भिक छानबिन थालेको विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागको मुख्य काम नै राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तहकिकात र अभियोजन गर्ने भएकाले राजश्व छली गर्दै आएको भगवती लेमिनेट्स पनि अहिले विभागको निगरानी र छानबिनको घेरामा परेको हो ।

भगवती लेमिनेट्स प्रालिका मुख्य सञ्चालक विष्णु मधगोरिया हुन्, भने कन्ट्री म्यानेजर विकास सिंह हुन् । प्रालिका सञ्चालकलगायतका कर्मचारीहरुमाथि समेत निगरानी बढाइने विभागको भनाइ छ ।

सञ्चार माध्यममा आएको समाचारका आधारमा भगवती लेमिनेट्सले राजस्व छली गर्न अपनाएका माध्यम तथा आवश्यक कागजात संकलन गर्न थालिएको विभागका एक अधिकारीले बताएका छन् । उनका अनुसार अहिले भगवती लेमिनेट्सले राजस्व छली गरेसम्बन्धी विवरण र सूचनाहरू संकलन गरिरहेको र यसलाई गम्भीर नोटिसमा राखेर आवश्यक अनुसन्धान गरिने भएको छ ।

उनले भनेका छन्, ‘अहिले प्रमाण संकलनतर्फ लागेका छौं । आवश्यकताअनुसार अनुसन्धान अधिकृत तोकेरै छानबिन अगाडि बढाउँछौं ।’ त्यसोत, केही दिन अगाडि मात्रै भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छली गर्दै आइरहेको तथ्य सार्वजनिक भइसकेको छ ।

राजस्व छलीको कसुर ठहरिएमा के छ सजायको ब्यवस्था ?

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ को दफा ४ अनुसार कम राजस्व तिर्ने उद्देश्यले गलत वा झुटा लेख विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानूनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा घटी राजस्व तिरेमा राजस्व चुहावटसम्बन्धी कसुर मानिनेछ । भगवती लेमिनेट्सले समेत सोही दफाअनुसार राजस्व चुहावटसम्बन्धी कार्य गरेको पाइएको हो ।

उक्त ऐनको दफा २३ मा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म बिगो र एक महिनादेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । विभागका उक्त अधिकारीले भगवती लेमिनेट्सले राजस्व छली गरेको कसुर प्रमाणित भएमा सोहीअनुसार बिगो र कैद सजाय हुने बताएका छन् ।

यो पनि पढ्नुहोस्

भगवती लेमिनेट्सद्वारा करोडौं राजस्व छली, कारवाहीबाट जोगिन फर्जी बिलवीजक जारी

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV