२६ पुष २०७८, सोमबार

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले माघदेखि बैंकिङ प्रणालीमा तरलता समस्या समाधान हुँदै जाने बताएका छन् । उनले अहिले देखिएको तरलता समस्या आउँदो माघ महिनाभरिमा सामाधान हुने बताएका हुन् ।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले तरलता समस्या रहेको स्वीकारे । अब क्रमशः उक्त सामाधान हुँदै जान थालेको उनको भनाइ थियो । हिजोको भन्दा आजको स्थिति सुधार भएको भन्दै उनले माघ महिनाभरिमा तरलता समस्या समाधान भइसक्ने बताए । यसका लागि आवश्यक कदमहरु चालिसकेको उनको भनाइ थियो ।

मन्त्री शर्माले हल्लामा आएजस्तो अर्थतन्त्र संकटमा नरहेको पनि बताए । विविध कारणले अर्थतन्त्रमा दबाब रहे पनि संकट नै भने नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV