२६ पुष २०७८, सोमबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् । पूर्वराजा शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जान लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठक अनुसार पूर्वराजा शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्नेछन् । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV