२६ पुष २०७८, सोमबार

एजेन्सी । शनिबार दिउँसाे डुङ्गामा ढुंगा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किएका चट्टानहरू डुंगामा खस्दा उक्त दुर्घटना भएकाे हाे । साे दुर्घटनामा परी ३२ जना घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएकाे जनाइएको छ ।

मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थिए । शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV