२६ पुष २०७८, सोमबार
  • राम गोपाल तमखु

भक्तपुर । कोरोना भाइरसको बढ्दो संग्रमणसँगै भक्तपुरमा मास्क अनिर्वाय गरिएको छ । आइतवार जिल्ला विपद् व्यवस्थापन समितिको भक्तपुरमा बसेको बैठकलले मास्क लगाउन कडाई गर्ने र मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकले मास्क अभियान सञ्चालन गर्न ४ बटै नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए । त्यस्तै सार्वजनिक यातायतका साधानहरुमा अनिवार्य मास्क लगाउनु मर्ने र घर बाहिर निस्कँदा पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ ।

बैठकले कोरोनाभाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । १२ वर्ष वा सो भन्दा माथिका लक्षित समूह र पहिलो दोस्रो खोपको मात्रा नलाएकाहरुको विष्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र प्रचार प्रसारलाई तिव्रता दिने पनि बैठकमा निर्णय भएको प्रजिअ शर्माले बताए ।

बैठकले जिल्लाका सबै सरकारी र नीजि अस्पतालहरुलाई तयारी अवस्थामा राख्न बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

बैठकले जिल्लाका सबै सरकारी र नीजि अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामाग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

त्यस्तै सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यलयले तयार गरी सबै कार्यालयहरुमा खोप लगाउन प्रोत्साहित गर्ने, यस्का सूचना स्वास्थ्य कार्यालय भक्तपुरले तयार गरी सबै कार्यालयहरुमा पठाउने समेत निर्णय भएको छ । भक्तपुर जिल्लामा हाल १४० जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा मात्र कोरोनाका कारण १३२ मलिा र २२४ जना पुरुष गरी जम्मा ३५६ जनाले ज्यान गुमाई सकेका छन् । केही दिन यता संक्रमणको संख्या दैनिक बृद्धि भईरहेका स्वास्थ्या कार्यालयले जनाएको छ ।

मंसिर अन्तिम साता ४ प्रतिशत संक्रमण रहेकोमा पुष महिनाको पहिलो साता १०, दोस्रो सातामा १५, तेस्रो साता २० हुँदै शनिवार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेसु डा. समित्रा गौतमले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV