२५ पुष २०७८, आईतवार

काठमाडौं । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्डमध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ ।

सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा.रीता श्रेष्ठ र आशुतोष तिवारी तथा बैकर वर्षा श्रेष्ठ रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV