२५ पुष २०७८, आईतवार

काठमाडौं । नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरू भएको छ । आइएमइ पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा विन्टर इन्टेक कोड क्याम्प आइतबार हेरिटेज गार्डेनमा सुरू गरिएको हो ।

कार्यक्रममा २ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको छ । आइटी उद्योग र एकेडेमिया बीचमा देखिएको ग्यापलाई कम गर्ने उदेश्य अनुरुप आयोजना गरिएको उक्त कार्यक्रममा गत पुस २ गतेदेखि १६ गतेसम्म रजिस्ट्रेसन आब्ह्वान गरिएको थियो ।

कोड क्याम्पको लागि ४ सय बढी विद्यार्थीहरुले आवेदन दिएका थिए । पहिलो चरणबाट २ सय बढी विद्यार्थीहरु छानिएर रुची भएको प्रोग्रामिङको समूहमा सहभागी भएर प्रोजेक्ट तयार गर्नेछन् ।

त्यस पश्चात छनौटमा परेका एक सय प्रतिस्प्रर्धीहरुले स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । उनीहरुलाई माघ ३ गतेदेखि चैत ३ गतेसम्म २ महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिसीप कार्यक्रममा सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

चैत १७ गतेदेखि आयोजक कम्पनीहरुले उत्कृष्ट ५० देखि १०० विद्यार्थीलाई नियमित रुपमा रोजगारीको अवसर प्रदान गर्ने बतटाइएको छ । आइटी उद्योग र एकेडेमिक बीचको एक महत्वपूर्ण सहकार्य र दायित्वको रुपमा यो कार्यक्रम विकास गरिएको आयोजक इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

यसले नेपालको डिजिटल इकोसिस्टमको विकासमा पनि सघाउ पुर्याउने उनको बिचार थियो । आइटी उद्योगमा पछिल्लो समय दक्ष जनशत्तीको अभाव भइरहेको कारण आइटी कम्पनीहरुले यस किसिमको कार्यक्रमको आयोजना गरेर दक्षता विकास गर्दै अवसर प्रदान गर्नु अत्यन्त राम्रो काम भएको क्यान महासंघका पूर्व अध्यक्ष तथा ग्रीन आइटी सोलुसनका अध्यक्ष विनोद ढकालले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै स्विफ्ट टेक्नोलोजीका सीइओ रघु भण्डारीले नयाँ प्रतिभाहरू पहिचान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको जानकारी दिए ।

यस कार्यक्रममा काठमाडौं, ललितपुर र भत्तपुर जिल्लाका ४० बढी कलेजहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको छ । सातौ तथा आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि तयार पारिएको यो कार्यक्रममा सहभागी हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको विद्यार्थीहरुले बताए ।

क्याम्पमा सहभागी विद्यार्थीहरुले आइटी उद्योगमा चर्चित प्रोग्रामिङ ल्याङ्वेज र डिजाइनमा समेत आफ्नो सीप देखाउदै थप सिक्ने अवसर प्राप्त गर्नेछन् ।

जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टाछुट्टै समूह बनाएर ट्रेनिसीप प्रदान गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV