२५ पुष २०७८, आईतवार
  • विनय तिम्सीना,

इलाम । इलाममा जारी जिल्ला ‘ए’ डिभिजन लिगमा आज पनि ३ खेल सम्पन्न भएका छन् । फुटबलको विकास र खेलाडी उत्पादनको लागि एन्फा इलाम जिल्ला ‘ए’ डिसभजन लिग इलामको ठूलो टुँडिखेलमा भइरहेको छ ।

आज भएका ‘वी’ पोलकका तीन खेलहरुमा पहिलो खेलमा देउराली स्पोर्टिङ क्लबले हेलिवोध फुटबल क्लवलाई ७–१ ले पराजित गरेको छ । जीतका लागि देउरालीका सुमन धमलाले ४ गोल गरेका थिए ।

दोस्रो खेलमा हेलो जस्वीरेले माइभ्याली फुटबल कल्वलाई १–० ले पराजित गरेको छ, भने तेस्रो खेलमा रेर्ड हर्स इलाम र त्रिवेणी युथ क्लव बरावरी खेलेका छन् ।

इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र ‘वी’ पोलमा ७ वटा टीमको सहभागीता रहेको छ ।

लिगको विजेताले प्रदेश लिग खेल्नेछ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर ‘बी’ डिभिजनमा झर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV