२५ पुष २०७८, आईतवार

रसुवा । नेकपा (एकीकृत समाजवादी) कालिका गाउँपालिकाको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् ।

आइतबार बसेको भेलाले रामप्रसाद न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको सचिवमा अम्बिका अधिकारी, उपसचिवमा यशोधा नेपाली चयन भएका छन्।

त्यस्तै उपाध्यक्ष पद भने अहिले खाली राखिएको छ । त्यस्तैगरी सदस्यहरुमा कर्णप्रसाद पौडेल, निर्मला सुनुवार, गीता पौडेल, निलकण्ठ देवकोटा, सम्झना तमाङ, निमा तमाङ, शरण नेपाली, भिमप्रसाद पौडेल, दिनेश नेपाली, सीता न्यौपाने, लक्ष्मीदेवी भट्ट नेत्र न्याैपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV