२५ पुष २०७८, आईतवार

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको सिट कभर प्रोटेक्टर च्यातिन थालेको छ । भारतीय रेल्वे कम्पनी कर्पोरेशनबाट वि.सं. २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल सेवा सञ्चालनमा नआउनदै सिट कभर प्रोटेक्टर च्यातिन थालेको हो ।

त्यसोत, भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म उक्त चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार मात्रै सफल परीक्षण पनि गरिएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको उक्त रेलको शनिबार परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको हो । तर, सञ्चालनमा नआउदै रेलको सिट कभर प्रोटेक्टर च्यातिएको तस्वीर सामाजिक सञ्जाल भाइरल बन्न पुगेको छ ।

पार्किङमा राखिएको उक्त रेलको आवश्यक रेहचाह र मर्मत सम्भारको अभावमा सञ्चालन हुनु अगावै सिट कभर (प्रोटेक्टर) च्यातिन थालेका हुन् । भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याएको वर्षौं वितिसक्दा पनि सञ्चालनमा आउन नसकेको र सञ्चालनमा आउनु अगावै सिट कभर प्रोटेक्टरहरु च्यातिन थालेको भन्दै स्थानीयहरुले विरोध जनाउँदै आएका छन् ।

वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर् यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् । रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले न्यूनतम आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौँ ।’ उद्घाटनपछि तत्कालका लागि दिनमा एकपटक आउने र एकपटक जाने गरी रेल चलाउने तयारी भइरहेको जानकारी दिँदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकताअनुसार दिनमा दुई/तीन पटकसम्म पनि रेल चलाउन सकिने बताएका छन् । तस्वीर : सुमित मिश्र

प्रतिक्रिया दिनुहोस्

LIVE TV