२४ पुष २०७८, शनिबार

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले संसद, न्यायालयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक–पटक आक्रमण भएको र संसद, न्यायलयलगायतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले दुई पटक संसद विघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गरे । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताए ।

निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV