२३ पुष २०७८, शुक्रबार

विराटनगर । प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई÷दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक÷एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV