२३ पुष २०७८, शुक्रबार
  • विनय तिम्सीना,

इलाम । फूटबलको विकास र खेलाडी उत्पादनको लागि जारी इलाममा एन्फा इलाम जिल्ला ‘ए’ डिभिजन लिगमा शुक्रबार तीन खेल सम्पन्न भएका छन् । लिगमा तीन खेल खेलेको क्लब ओएशिस ९ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

इलामको ठूलो टुडिखेलमा भएको ‘बी’ पोलका तीन खेलहरु भएका हुन् । पहिलो खेलमा त्रिवेणी युथ क्लब देउमाईले हेलो जस्वीरेलाई ५–० ले पराजित गरेको छ ।

दोस्रो खेलमा माइभ्याली फुटबल कल्वले हेलिवोध फुटबल क्लवलाई १–० ले पराजित गरेको छ । तेस्रो खेलमा क्लव ओएशिसले आफ्नो अपराजित यात्रालाई कायम राख्दै देउराली स्र्पोटिङ क्लवलाई १–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा पुगेको छ ।

जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ‘ए’ पोलमा ६ वटा टीम र ‘बी’ पोलमा ७ वटा टीम सहभागी रहेका छन् ।

लिगको विजेताले प्रदेश लिग खेल्नेछ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर ‘बी’ डिभिजनमा झर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV