२३ पुष २०७८, शुक्रबार

काठमाडौं । सातौं नेपाल उड इन्टरनेशनल एक्स्पो तथा होम डेकोर इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । एक्स्पो २५ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा चल्नेछ ।

मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहेका छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा वूडवर्किंग एण्ड फर्निचर म्यानीफ्याक्चरिंग मेशिनरिज, पावर टुल्स, पलाईवूड, वूड एसेसेरिज, रअ म्याटरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिश्ड प्रोडक्टहरुको पनि सहभागिता रहेको आयोजकले बताएका छन् ।

प्रदर्शनी अवधिमा विभिन्न सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV